दशैं विशेष कार्यक्रममा स्टार आर्टको प्रतिभा सम्मान कार्यक्रम

२०७५, २५ आश्विन बिहीबार १५:०१

काठमाडौं २५ असोज । नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा स्टार आर्टले एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

आफ्नै प्रशिक्षण केन्द्र रहेको ललितपुरको बाल कुमारीमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

बिगत करिब दुई दशक देखि नृत्य लगायतका विभिन्न विधामा प्रशिक्षण सञ्चालन गर्दै आएको उक्त संस्थाले सदावहार कमेडी किङको परिचय बनाएका नायक जय किशन बस्नेत, पार्क र साहसिक खेलबाट दुई पटकसम्म विश्व किर्तिमान राख्न सफल दिनेश सुनार, चर्चित रियालिटी शो बुगी उगीकी बिजेता कविता नेपाली, वाईल्ड रिपर्ज क्र्युका सुमन तामाङ, चलचित्र निर्देशक तुलसी बाँस्कोटा तथा अभियान रक्षक राईलाई सम्मानि गरेको थियो ।

स्टार आर्टकै सञ्चालक मध्येका एक जितेन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा बालकुमारी टोल सुधार समितिका अध्यक्ष, श्याम बस्ताकोटी, महिला जागरण समूहका पूर्व अध्यक्ष ईन्द्र कुमारी महर्जन, बालकुमारी वडाकी एक मात्र महिला सदस्य सानु अवाले, यति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामलाल अवाले, महिला जागरण समूहकी उपाध्यक्ष सरस्वती अवाले, द अल ईन वान ग्रुपका क्याप्टेन बिक्रम मलाकी लगायत समूह, वाईसियल नेपाल ललितपुर महानगरका अध्यक्ष दिपेन्द्र शाही लगायत कमिटी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।