टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार

२०७५, २५ आश्विन बिहीबार ११:१५

हेटौडा २५ असोज । हेटौंडा–६ चौघडामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार युवा क्लब प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाईनल खेलमा बंशगोपाल युवा क्लब सी लाई हराउँदै कल्याणटारले फाईनलको यात्रा तय गरेको हो ।

कल्याणटारले बंशगोपाललाई ट्राईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच कल्याणटारकै गोल रक्षक घोषित भए ।