टिभिएसको आधिकारिक शो रुम संचालनमा

२०७५, २४ आश्विन बुधबार १२:५७

मकवानपुर । हेटौंडामा आजबाट टिभिएस शोरुम संचालनमा आएको छ । तारा मोटर्सले टिभिएस बाइकको शो रुम आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो । आज मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले शो रुमको उद्घाटन गरेका
हुन् ।
अनुभवी व्यवसायी बिजय श्रेष्ठले संचालनमा ल्याएका शो रुमबाट टिभिएस कम्पनीका बाइकहरुको विक्री तथा मर्मतको काम समेत हुनेछ । सो अवसरमा उनले टिभिएस बाइक एकदमै बलियो बाइकको रुपमा छवी बनाएको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिन तयार रहेको बताए ।



Loading...