विवेकशील साझा पार्टीको जिल्ला भेला मकवानपुरमा हुँदै

२०७५, २३ आश्विन मंगलवार २१:३८

मकवानपुर २३ असोज ।
संगठन बिस्तार गरिरहेको विवेकशील साझा पार्टीले मकवानपूरमा पनि जिल्ला भेलाको तयारी गरेको छ ।  पार्टी मकवानपुरका प्रतिनिधिले दिएको जानकारी अनुसार असोज २७ भेला कार्यक्रमको आयोजना गरीने भएको हो ।

भेलाले जिल्ला संयोजक सहित जिल्ला कमिटि समेत निर्माण गर्नेछ । भेलामा पार्टीका केन्द्रिय संगठन विभाग प्रमुख मुमाराम खनाल, प्रदेश नम्बर ३ की पार्टी संयोजक समिक्षा बास्कोटा,र पार्टीकै सुबुना बस्नेतको आतिथ्यता रहेने जानकारी छ ।
पार्टीको हाल जिल्लामा सम्पर्क व्यक्तीको रुपमा प्रतिभा डंगाल छिन् भने २७ गतेको भेलाले पार्टीको जिल्ला संयोजक तय गर्नेछ ।

पार्टीले  संसदिय निर्वाचनमा मकवानपूरमा आफ्नो बलियो उपस्थित जनाएको थियो ।