जिल्ला अदालत मकवानपुरले ओम बाबालाई भिमफेदी कारागार पठायो

२०७५, २३ आश्विन मंगलवार २१:१२

मकवानपुर २३ असोज । जिल्ला अदालत मकवानपुरले हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रमका ओम प्रकाश श्रेष्ठ ‘ओमबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले उनका सहयोगी विनय भेटवाललाई भने एक लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला न्यायधिश षडानन्द तिवारीको इजलाशले आज भएको थुनछेक बहसपछि यस्तो आदेश गरेको हो ।

हेटौंडा ११ नवलपुरकी साबीत्री पुडासैनीको झारफुकका क्रममा मृत्यु भएको प्रकरणमा मृतक महीलाका पति काशीराम पुडासैनीले ओमबाबा लाई इलाज सम्बन्धि कसुरमा जाहेरी दिएका थिए । अदालतको आदेशपछि ओमबाबालाई भिमफेदी कारागार पठाईएको छ । भने उनका सहयोगी विनय भेटवाल धरैटी रकम बुझाएर छुटेका छन् ।



Loading...