स्ववियु हेटौंडा क्याम्पसद्वारा शुभकामना आदान–प्रदान

२०७५, २३ आश्विन मंगलवार १९:०५

हेटौँडा, २३ असोज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा विजया दशमी, दिपावली एवं छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।

मंगलबार क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष कमानसिं पाख्रिन ‘पृथक’ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रिनले चाडपर्वलाई सभ्य रुपले मनाउन सबैलाई अनुरोध गरे । आफ्नो स्थिति अनुसार नै चाडपर्व मनाउन आग्रह गर्दै उनले चाडपर्वलाई भड्किलो बनाउन नहुनेमा जोड दिए ।

स्ववियु उपाध्यक्ष अनिषा डोटेलको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुखहरु रामप्रसाद भण्डारी र देवीराम लामा, प्राध्यापक अर्पण पराजुली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालक कुमार केसीले गरेका थिए ।



Loading...