हेटौंडामा २५ मिटर सडक विस्तार हुने, उपमहानगरपालिका पनि सकारात्मक

२०७५, १६ आश्विन मंगलवार २१:३९

मकवानपुर १६ असोज । निकैनै चासोको विषय बनेको २५ मिटर सडक विस्तारले अन्नत पुर्णता पाउने पक्का जस्तै भएको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा भित्र २५ मिटर सडक विस्तारगर्ने विषयमा हेटौंडा उपमहानगरपालिकानै सकारात्मक देखिएको छ । त्यसोत प्रधानमन्त्रीको कार्यालयले समेत यस विषयमा निकै चासो देखाएपछि डिभिजन सडक कार्यालयले सडक विस्तारका लागि आवश्यक तयारी सुरु गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले गत साउन ३ गते प्रधानमन्त्रीको कार्यालयलाई सडक विस्तारको लागि अनुरोध गर्दै निवेदन गरेपछि प्रधानमन्त्रीको कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको काम अघि बढाउनको लागि निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौँडाले आवश्यक तयारी समेत सुरु गरिसकेको जनाएको छ । तत्कालिन क्षेत्रिय प्रशासक विनोद केसीले सडक विस्तारको कार्य शुभारम्भ गरेसंगै विभिन्न अवरोध आएका कारण अन्यौलमा रहेको यस विषयले अहिले पुर्णता पाउने लगभग पक्का जस्तै भएको छ ।

सडक फराकिलो नहुँदा हेटौँडा उपमहानगरपालिकाको बजार ब्यवस्थापन गर्न समेत समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिका समेत सडक विस्तारको पक्षमा दरिलो भएर उभिएको छ ।

सडक विस्तारको विषयलाई लिएर मकवानपुरमा थुप्रै बहस सुरु भएको छ ।



Loading...