ओम बाबालाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश, साबित्री मृत्यु प्रकरणमा थप एक जना पक्राउ

२०७५, १६ आश्विन मंगलवार १८:४५

मकवानपुर । हेटौंडा ११ बस्ने साबित्री पुडासैनीको मृत्यु प्रकरणमा मुख्य अरोपी ओम बाबा भनिने ओमप्रकाश श्रेष्ठलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले समय थप गरेको छ ।

पुडासैनी आफ्नो उपचारका सिलसिलामा आश्रममा पुगेकी थिइन् ।

यससँगै उनी १४ दिनदेखि  प्रहरी थुनामा छन् । साथै, अनुसन्धान का लागि हिजो पक्राउ परेका उनका सहयोगी बिनय भेटवाललाई पनि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मकवानपुरले मंगलबार ओमबाबा र उनका सहयोगी भेटवाललाई थुनामा राखेर अनुसन्धान प्रकृया अघि बढाउन प्रहरीलाई आदेश दिएको हो ।

यो पनि हेर्नुहोस् :

– यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

– थुनुवा कक्षमा रहेका आरोपी ओमप्रकाशको प्रहरीकै संरक्षणमा यस्तो हर्कत

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी

– टिप्पणी : एसपी साहेब तपाइ आफ्नो काम गर्नुहोस्, हाम्रो काम हामी गर्छौ

– ओम बाबाको धन्दा-छानबिनको दायरामा आउनु पर्छ कि पर्दैन ?

– को हुन् प्रहरी हिरासतमा रहेका ओम प्रकाश, उर्फ ओम बाबा