महिला भलिबल प्रतियोगिताका सेमिफाइनल खेल आज

२०७५, १६ आश्विन मंगलवार १३:४७

काठमाडौँ, १६ आसोज । नेपाल भलिबल संघ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी छ टोलीमध्ये पोखरा पिङ्केज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन् । यही असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् ।