थारु पत्रकार संघ नेपाल पर्सामा गठन

२०७५, १४ आश्विन आईतवार १५:३६

बारा १४ असोज । बिरगंजको पर्सामा एक कार्यक्रमका बिच शनिबार थारु पत्रकार संघ गठन भएको छ ।

नवगठित समितिको अध्यक्षमा ओमप्रकाश चौधरी, उपाध्यक्ष पुनम महतो ,सचिव मेघराज राय, कोषाध्यक्ष शम्भु महतो थारु चयन भएका छन् भने सदस्यहरुमा रामकिशोर चौधरी, दिपेन्द्र चौधरी र मनोज चौधरी रहेका छन् ।

कार्यक्रममा बिशेष अतिथी पर्साका अध्यक्ष श्याम बन्जारा, फोनिज २ नम्बर प्रदेशका संयोजक निरज पिठाकोटे मगर, थारु पत्रकार संघ नेपाल बारा, थारु नागरीक समाज बारा लगायत समाजिक अभियन्ता प्रकाश थारु, विजया ओझैया लगायतकाले मन्तव्य राखेका थिए ।

यसैबीच काक्रममै नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानलाई विभिन्न माग राख्दै ज्ञपानपत्र समेत बुझाएका छन् । ज्ञपानपत्र बुझाउदै प्रदेश नम्बर २ मा थारु समुदायका पत्रकारहरुको संख्या बढेपनि नेपाल पत्रकार महासंघले सदस्यता वितरण गर्न कञ्जुस्याइ गरेकोमा थारु पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



Loading...