ओम बाबालाई थुनामा राखी अनुसन्धान गर्न अदालतद्वारा ८ दिन म्याद थप

२०७५, ८ आश्विन सोमबार १९:४६

मकवानपुर । हेटौंडा १४ मयुरधापमा रहेको सत्य ओम बाबा आरोग्य आश्रमका संचालक ओम बाबा भनिने ओम प्रकाश श्रेष्ठलाई थप ८ दिन प्रहरी थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई म्याद दिएको छ ।

हेटौंडा ११ नवलपुरकी साबित्री पुडासैनीको मृत्यु प्रकरणमा पीडितको जाहेरीको आधारमा प्रहरीले ओम बाबालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान कार्य नसकिएकोले अदालतले थप ८ दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए । २ गते ६ दिनको म्याद थपिएको थियो, आज फेरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



Loading...