उपप्रधामन्त्री ईश्वर पोखरेल नवनिर्मित भवनको उद्घाटनका लागि भीमफेदीमा

२०७५, ८ आश्विन सोमबार १४:१९

मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मकवानपुरको भीमफेदीमा रहेको महेन्द्र माद्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

आज भीमफेदीमा सम्पन्न भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । यसै बर्षदेखि संचालन हुन लागेको प्राविधिक शिक्षाको निम्ति निर्माण गरिएको भवनको उनले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतकाको उपस्थिति रहेको थियो ।