टिष्टुङ महोत्सवको तयारी तिब्र, उपसमितिहरुको सक्रियता बढ्यो

२०७५, ८ आश्विन सोमबार ११:४२

मकवानपुर ८ असोज । मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही) मा संचालन हुने टिष्टुङ महोत्सवको तयारी तिब्र पारिएको छ । यहि असोज २४ देखि २७ सम्म बज्रबाराहीको सरस्वती बजारमा हुने महोत्सवको तयारी तिब्र पारिएको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

महोत्सव सहजताको साथ संचालन गर्नको लागि २९ वटा उप–समितिहरु गठन गरिएको छ । महोत्सव भव्यताकोसाथ सम्पन्न गर्नका लागि उप–समितिहरुले पनि क्रियाशीलता बढाएका छन् । अधिकांश प्रवद्र्धनात्मक स्टलहरु रहने उक्त टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् ।

महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’ को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए ।