सिस्नेरीमा श्रमजीवि सहकारीको १९ औं साधारणसभा सम्पन्न

२०७५ आश्विन ७,आईतवार १५:११

मकवानपुर ७ असोज । उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा श्री श्रमजीवि महिला बचत तथा ऋण सहकारी संस्था लि.को १९ औ साधारण सभा सम्पन्न भएको छ ।

शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभाका सदस्य सुवस चन्द्र ठाकुरी, विषेश अतिथिमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, प्रदेश नम्बर ३ को प्रदेश सभाका सदस्य कुमारी मोक्तन, इन्द्रसरोवर गाउँपालिकाका उपाअध्यक्ष उमा कुमारी लामा, इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चिरञ्जीवि पौडेल रहेको थियो ।

रास्ट्रिय स्तरका कलाकारहरु चर्चित गायक तथा संगीकार असोक तामाङ चर्चित लोक दोहोरी गायक सरोज लामिछाने र चिजा तामाङहरूले भर्पुर मनोरञ्जान दिएका थिए।

सरोकार वालाहरूको भनाई अनुसार बाटोमा ठेकेदारहरूको मनमानि लापरबार्हिले गर्दा यो सडक समय अवधिमा सबै काम सपन्न गर्न नसकेको कारणले यहाँका स्थानीय जनताहरुले यस्तो सास्ति समस्य भोक्नु परेको छ भन्दै अबको केही दिन पछि यो सडकलाई प्रदेश सरकार मार्फत निर्माण हुनेछ र अबको केही दिन भित्र फाखेल र सिस्नेरीको बाटोमा टाटा सुमोहरू जोर बिजोर प्रणाली मार्फत सञ्चालन हुने जानकारी दिएका छन् ।