श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२०७५, ६ आश्विन शनिबार १६:४५

बागलुङ् ६ असोज । बागलुङको ताराखोला गाउँपालिका–२ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा ७० वर्षीया श्रीमती तुलमाया छन्त्याल रहेका छन् ।

श्रीमान श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीले जानकारी दिएका छन् । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।



Loading...