दशैंको टीकाको साइत सार्वजनिक

२०७५, ६ आश्विन शनिबार १६:३६

काठमाडौँ ६ असोज। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका टीकाको साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको समितिको जानकारी दिएको छ ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।



Loading...