निर्मला पन्त हत्या प्रकरण : कांग्रेस मकवानपुरले सरकारको उदाशिनताको विरोधमा प्रदर्शन गर्ने

२०७५, ६ आश्विन शनिबार १५:५४

मकवानपुर ६ असोज । कन्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरण निकैनै विवादास्पद भएको र राज्यको अनुसन्धान प्रक्रियामा गम्भीर त्रुटी भएको भन्दै नेपाली कांग्रेस मकवानपुरले भोली हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ ।

राज्यको उदाशिनता प्रति गम्भीर ध्यानाकर्षण गराउन भोली विरोध प्रर्दशन गर्ने र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत कांग्रेस स्रोतले जनाएको छ ।



Loading...