चुरे हिलको रिपोर्टले भन्छ : मृत्यु भइसकेको अवस्थामा साबित्रीलाई अस्पताल ल्याइएको थियो

२०७५, ६ आश्विन शनिबार १२:४९

मकवानपुर । हेटौंडा १४ मा रहेको सत्य ओम बाबा आरोग्य आश्रममा झारफुक गराउन गएकी हेटौंडा ११ की साबित्री पुडासैनीको चुरेहिल अस्पताल ल्याउनु भन्दा अघि नै मृत्यु भइसकेको प्रमाण फेला परेको छ ।

मृतकको चुरे हिल अस्पतालले गरेको बिभिन्न जाँच पछि  उनलाई मृत अवस्थामा ल्याइएको उल्लेख छ । अस्पतालको अभिलेखमा पनि मृत्यु भइसकेको अवस्थामा अस्पताल ल्याइएको लेखिएको छ ।

मृत्यु भइसकेको अवस्थामा उनलाई अस्पताल पुर्याइएको थियो । चुरे हिलका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरी केही मिनेटभित्रै मृत्यु भई आएको सार्वजनिक गरिदिएका थिए ।

चुरे हिल अस्पतालले पनि साबित्रीको मृत्यु भइसकेको अवस्थामा अस्पताल आएको पुष्ठि गरेको छ । बाबा भनिने ओमप्रकाश श्रेष्ठविरुद्ध इलाज सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका छन् ।

यो पनि हेर्नुहोस् :

– यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

-ओम बाबाले बर्षौदेखि स्थानीयले प्रयोग गरिरहेको कुलो मासेर सार्वजनिक जग्गा पनि हडपे

– थुनुवा कक्षमा रहेका आरोपी ओमप्रकाशको प्रहरीकै संरक्षणमा यस्तो हर्कत

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी

– टिप्पणी : एसपी साहेब तपाइ आफ्नो काम गर्नुहोस्, हाम्रो काम हामी गर्छौ

– ओम बाबाको धन्दा-छानबिनको दायरामा आउनु पर्छ कि पर्दैन ?

– को हुन् प्रहरी हिरासतमा रहेका ओम प्रकाश, उर्फ ओम बाबा



Loading...