मकवानपुरमा हातहतियार सहित एक जना पक्राउ

२०७५, ६ आश्विन शनिबार १२:०६

हेटौडा ६ असोज । प्रदेश नं. ३ मकवानपुर स्थित रातोमाटेमा शुक्रबार करिब ४ः०० बजेको समयमा चेकजाच गर्ने क्रममा हातहतियार सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा सुगौली ४ घर बताउने २० वर्षिय बिक्रम माझी रहेको प्रहरीले जनाएको छ । प्रहरीले माझीलाई बेरेटा पेस्तोल नं.११७७७ ए, १० थान १९ एक सहित पक्राउ गरेको हो ।

प्रदेश नं. ३ का प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समुहबाट प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

माझीलाई हात हतियार खरखजना ऐन अन्तर्गत आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको छ ।