बालविकास शिक्षिकाहरु द्वारा ज्ञापन पत्र

२०७५, ६ आश्विन शनिबार ११:५२

कोल्हवी, ६ असोज । कोल्हवी नगरपालिकाको कार्यालयमा नगर भरिका बालविकास शिक्षिकाहरुद्वारा ६ बुंदे माग सहितको ज्ञापन पत्र बुझाईएको छ ।

उक्त ज्ञापन पत्रमा प्रा.वि.सरहको दरबन्दी कायम हुनुपर्ने, प्रा.वि. शिक्षक सरहको तलब भत्ता हुनुपर्ने, पोशाक भत्ता हुनुपर्ने, विमाको व्यवस्था हुनुपर्ने स्थायी शिक्षक सरह विदाको व्यवस्था र प्रकृया पु¥याई स्थायी गर्नुपर्ने माग गरेका छन ।

कार्यक्रममा बालविकास संघर्ष समितीकी अध्यक्ष ईन्दिरा देवकोटा उप्रेतीको नेतृत्वमा नगरपालिकाको नगर संगठनका अध्यक्ष राधाकृष्ण चौधरी, उपाध्यक्ष युवराज मैनाली, सचिव जीवन पोखरेल, बारा जिल्ला संगठनका वरिष्ठ महिला उपाध्यक्ष कालिका दवाडी भन्डारी, राहत शिक्षक केन्द्रिय समितिका पुर्व सचिव तिलक उप्रेति लगायतका बालविकास शिक्षिकाहरुको सहभागी रहेको थियो ।



Loading...