मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

२०७५ आश्विन ५,शुक्रबार १८:५२
file photo

बलराम पुडासैनी

मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत हुन् । स्थानीय र संम्बन्धित वनको उपभोक्ता समितिको भनाई अनुसार स्मारक विकास समितिले सरोकारवालाहरुसंग कुनैपनि अनुमति नलिई मनलाग्दी शैलिमा सालका रुख कटान गरेको हो र कटान गरेको रुख पनि मनलाग्दी शैलीमा गाएब बनाएको छ ।

यस विषयमा सरस्वती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष माधव सुवेदीले आफुलाई कुनै जानकारी नलिई रुख कटान भएको बताएका छन् । आफुहरु अनुगमनमा जाँदा रुख कटान गरीएको भेटिएपछि प्रशासनलाई उजुरी गर्दा समेत आफुहरुको कुरा सुनुवाई नभएको उनको भनाई छ । ‘ उपभोक्ता समितिको अनुमति बिना रुख काट्ने अधिकार स्मारक विकास समितिलाई कस्ले दियो ?’ अध्यक्ष सुवेदीले तु खबरलाई बताए ।  सुवेदीले आफुहरु भाद्र २९ गते अनुगमनमा जाँदा रुख काटान गरी रुखको जरानै नरहनेगरी मेसिन लगाएर जंगललाई चउर जस्तै बनाएको भेटेको बताए । स्मारक विकास समितिले आफुखुसी रुख काटेको उनको भनाई छ ।

त्यसो त काटिएका रुखहरु पनि कहाँ र कुन प्रयोजनको लागि राखिएको छ, सो विवरण स्मारक विकास समितिले खुलाएको छैन । तु खबरले यस विषयमा अध्यक्ष पौडेलसंग जिज्ञासा राख्न गरेको पहल निकैपटक असफल भईसकका छन् । मिडियाबाट उनी पर भाग्न खोज्नु , सम्बन्धित उपभोक्ता समितिको अनुमति विना रुख काटिनु अनि काटिएका रुख कहाँ छन् त्यसको जानकारी नहुनु जस्ता विषयले स्मारक विकास समितिको क्रियाकलाप शंकास्पद छ ।

तु खबरले जिल्ला बन कार्यालय मकवानपुरका सुचना अधिकारी विसाल भट्टराइलाई उक्त विषयमा जिज्ञासा राख्दा आफुहरुलाई जानकारी बिनानै रुख कटान भएको बताए । सामान्य सर्वसाधारणले आफ्नै निजि सम्पती भित्रको रुख काट्दा समेत बनको अनुमति लिनुपर्ने अनि पहुँचमा हुनेले चैं जे गरेपनि हुने ? स्थानीयले गुनासो गरेका छन् । कटान भएका रुख अहिले कहाँ छ ? अनि के प्रयोजनका लागि काटिएको हो यस विषयमा जिल्ला वन पनि अनविज्ञ छ भने उपभोक्ता समिति पनि बेखबर छ । के मुख्यमन्त्री ज्यू कै मिलेमतोमा कटान भएका रुख पनि गाएब बनाईएको हो त ? सबैको चासो यसमा छ ।

स्मारक विकास समितिले नियम विपरीत कटान गरेको रुखको विषयमा समितिका अध्यक्ष पौडेलले जवाफ दिन पर्छ कि पर्दैन अनि मकवानपुरको प्रशासनले यस विषयमा अनुसन्धान गर्नु पर्छ कि पर्दैन हेटौंडामा बहस सूरु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*