इन्धन उपलब्ध गराउन आग्रह

२०७५, ५ आश्विन शुक्रबार १५:३३

काठमाडौँ, ५ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटा अनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो ।

निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...