बस्तिपुर जेसिसद्वारा साताव्यापी कार्यक्रम घोषणा

२०७५, २९ भाद्र शुक्रबार १७:२६

मकवानपुर । बस्तिपुर जेसिसले आउँदो ३१ गतेबाट जेसिस सप्ताह आयोजना गर्ने भएको छ ।

यससम्बन्धी आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ । अध्यक्ष राममणि बर्तौलाले आउँदो ३१ गतेबाट जेसिस सप्ताह आयोजना गरिन लागिएको जानकारी गराएका हुन् ।

एक साताभित्र सर्वेश्वर मंदिरलाई सहयोग गर्ने, शिक्षक र जेसिसकर्मीबीच भलिवल आयोजना गर्ने, असोज १ गते गुम्बालाई स्टेशनरी वितरण गर्ने, अन्तर माद्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने र रक्तदान जस्ता कार्यक्रम गरिने सो अवसरमा जानकारी दिइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...