मलेसियामा नेपालीको मृत्यु

२०७५, २९ भाद्र शुक्रबार १५:४८

बैतडी,२९ भदौं । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएकोे मलेसियाबाट रमेश साउदले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...