हेटौंडा जेसीजले साइकल जात्रा गर्ने

२०७५, २८ भाद्र बिहीबार १९:४३

मकवानपुर २८ भदौ । यही ३० गते शनिबार जेसीआई हेटौंडाको आयोजनामा साइकल जात्रा–२०७५ हुने भएको छ । करिब २ सय जना साइकल यात्रीको सहभागितामा दोस्रो साइकल जात्रा आयोजना गर्न लागिएको आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भूटनदेवी मन्दिर परिसरबाट सुरु हुने साइकल जात्राका सहभागीले करिब ४ घन्टा लगाएर ३५ किलोमिटरको यात्रा गरेपश्चात कर्रास्थित जेसीज सचिवालयमा आउनेछन् ।

मकवानपुर जिल्ला साइक्लिङ संघ संगको सहकार्यमा हुन लागेको कार्यक्रमको संयोजक हेटौंडा जेसीजका प्रल्हाद चौलागाइँ रहेका छन् । ‘शनिबार बिहान ७ बजेबाट सुरु हुने साइकल जात्राका सहभागीमध्ये तोकिएको दूरी पार गर्नेलाई प्रमाणपत्र र मेडल प्रदान गर्नेछौं’, जेसीज अध्यक्ष रबि नेपालले भने, ‘यस कार्यक्रममा मकवानपुरसहित बाहिरी जिल्लाका पनि सहभागी हुनेछन् ।’ कार्यक्रमको लागि करिब २ लाख रुपैंया खर्च हुने अनुमान रहेको हेटौंडा जेसीजका निवर्तमान अध्यक्ष अरुणकुमार दाहालले जानकारी दिए ।

साइकल जात्राका सहभागीहरु भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आउनेछन् । यसअघि साइक्लिङ च्यालेन्जको नाममा आयोजना हुँदै आएको कार्यक्रमलाई गतबर्षबाट जेसीजले साइकल जात्राको नाममा आयोजना गर्न थालेको हो । कार्यक्रममा नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यता रहने जानकारी दिइएको छ ।

कार्यक्रममा सहकार्य गरेको साइक्लिङ संघ मकवानपुर अध्यक्ष संगीत श्रेष्ठले स्वस्थ रहन बौद्धिक रुपमा मात्र नभै शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्ने भन्दै त्यसलाई साइकल सहयोगी हुने धारणा राखे । मकवानपुरबासीमा साइकलको लत बसाउन पनि यो कार्यक्रमले सहयोग गर्ने उनको विश्वास थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...