आज पनि टुङ्गिएन नेकपा मकवानपुरको नेतृत्व

२०७५, २८ भाद्र बिहीबार १७:५७
File Photo

मकवानपुर २८ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषय अझै टुङगोमा पुग्न सकेको छैन । नेकपा केन्द्रिय सचिवालय बैठक हिजो र आज बसेता पनि मकवानपुरमा नेकपा अध्यक्ष र सचिव को हुने भन्ने विषय अझैं टुङगोमा पुग्न सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएको छ ।

तर जिल्लाबाट ठोस निर्णण नभएको कारण अध्यक्ष पदमा श्रीधर पोखरेलको पनि संभावना उत्तीकै छ । सचिवमा भने विष्णु विष्टकै संभावना बलियो छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*