भीमफेदीको जुरीखेतमा टोयोटा कार ५० मिटर तल खस्यो, ३ घाइते

२०७५, २८ भाद्र बिहीबार ०७:२८
File Photo

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा राति २ बजेतिर टोयोटा पल्टिँदा ३ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौंडा तर्फ आउँदै गरेको बा. ७ च ९१४२ नम्बरको टोयोटा जीप करीव ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो गाडीमा सवार हेटौंडा ४ बस्ने बर्ष ५२ को सिताराम न्यौपाने र बर्ष ४० को उद्धव घिमिरे घाइते भएका छन् भने सोही गाडीमा रहेका कपिल्वस्तु घर भएका मोबिन रेग्मी सामान्य घाइते छन् । प्रहरीका अनुसार, उनीहरुको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...