तिजको कार्यक्रममा लियो क्लब अफ हेटौंडा भुटनदेवीले गर्यो सहयोग

२०७५, २७ भाद्र बुधबार २१:११

मकवानपुर २७ भदौ । लियो क्लब अफ हेटौंडा भुटनदेवीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ४५ जनाले सेवा लिएका छ्न् । हेटौंडाको पशुपति मन्दिरमा आज आयोजना गरिएको शिविरमा बर्तालु महिलाहरु व्रत भिड र मौसमका कारण चक्कर लाग्ने टाउको दुख्ने बेहोस हुने लगायतका समस्या देखिएको थियो ।

चुरे हिल हस्पिटल को स्वास्थ्यकर्मी र शैया र प्राथमिक उपचारका सामग्री सहित सेवा दिएको थियो । सोही कार्यक्रमले भिडमा हराएका एक जना बच्चालाई सकुसल परिवारमा पुनःस्थापन गरेको थियो भने नगद र कागजपत्र सहित को हराएको पर्स सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेको क्लबका अध्यक्ष अनिल अधिकारिले जनकारी दिएका छन् । कार्यक्रम लियो क्लब अफ हेटौंडा भुटनदेबीको आयोजना तथा चुरेहिल हस्पिटल र युनियन ड्रग हाउसको सहयोगमा सम्पन्न भएको कार्यक्रम संयोजक अमित दाहालले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...