नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

२०७५ भाद्र २६,मंगलवार १६:०७
File Photo

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने टुङगो अझै लागेको छैन ।

यद्यपी सचिवमा भने विष्टको विषयमा कुनै विवाद नभएका कारण उनको संभावना बलियो रहेको स्रोतको दाबी छ । तर अध्यक्षमा बद्री लम्साल, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ मध्ये एक जना हुनसक्ने पार्टीको जानकारी छ ।

प्रदेशले लम्सालको नाम कार्यदलमा पठाएको छ । पोखरेल र श्रेष्ठ पनि आफ्नै विषयमा निर्णय होलाकी भेनेर आशावादी भएर बसेका छन् । फेरी लम्साल प्रदेशले नाम सिफारीस गरेपछि नेकपा अध्यक्ष भएकोमा बधाई ग्रहण गर्दै हिडेका छन् । अध्यक्षमा फेरबदल हुने संभावना छ तर आधिकारीक निर्णय नआउन्जेल यसरी झुटको खेती गर्नु गलत भएको नेकपा भित्रकै एक नेताले बताए ।
उनले भने ‘लम्सालनै हुने संभावना पनि छ तर अरुको पनि संभावना रहुन्जेल यस्तो गर्नु अव्यवहारीक विषय हो ।’

पोखरेल आफु सिनियारीटीको हिसाबले हुनुपर्नेमा जोड दिईरहेका छन् । भने श्रेष्ठ आफु पद पाए नेकपा हाक्न सक्ने दाबी गरीरहेका छन् । नेकपाभित्र ठोस निर्णय भएको छैन । नेतृत्व प्राप्त गर्ने संभावना ३ नै जनाको बलियो रहेको पार्टीको जानकारी छ । आज कार्यदलको बैठक बस्ने र भोलि वा पर्सी सम्ममा नेतृत्वको विषयमा केन्द्रबाट आधिकारीक जानकारी आउने नेकपाले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*