नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

२०७५ भाद्र २३,शनिबार ११:३१

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् ।

गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक क्षेत्रमा मकवानपुरको नाम उच्च स्थानमा राखेका छन् । त्यसैगरी मकवानपुरकै सविन सुवेदी पनि उत्कृष्ट ६० मा परेका थिए ।

दीपराज खत्री
खत्री सामान्य परिवारमा जन्मिएका हुन् । उनले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । सानै उमेरमा बुवालाई गुमाएका खत्रीले निकै दुख झेलेर आफ्नो गुजारा चलाउनुको साथै संगीतलाई अगाडी बढाईरहेका छन् । सामान्य खेतीपाती , र मजदुरी गर्दै भाई बहिनीको पालनपोषण समेत उनैले गरीरहेका छन् । स्थानीय विभिन्न गायन प्रतियोगिताहरुमा गाएको अनुभव उनीसंग छ । केहि गायन प्रतियोगिताहरुमा उनले उत्कृष्ट भएर आफ्नो हौसला बढाउँदै आएका छन् । उनी नेपाल आइडलमा पहिलो पटक उत्कृष्ट २० मा पुगेका हुन् ।
गायन क्षेत्रमा केहि सिकेर फर्कने उनी बताउँछन् ।

स्वस्तिका ढकाल
ढकाल सानै उमेरदेखि गायनमा सक्रिय छिन् । उनी स्कुल पढ्दा देखिनै गीत गाउँथिन् । स्थानीय गायन क्षेत्रमा उनको राम्रो पक्कड छ ।
केहि गुरु अनि केहि पाठसालाहरुमा उनले संगीत सिकेकी पनि छिन् । ढकालका परिवारमा बुवा, आमा, एक दाजु र एक भाई छन । परिवारले दुख गरेरै भएपनि गायनमा लाग्न सक्दो प्रेरणा दिईरहेका छन् । ढकालको बुवा मयुरी चलाउँछन् । आमा खेतीपाती गर्छिन् । उनी आफैं हेटौंडाकै एउटा शैक्षिक परामर्श केन्द्रमा काम गर्छिन् । सघर्ष गर्दै गायनलाई अगाडी बढाईरहेकी ढकाल यसअधि पनि नेपाल आइडलको थिएटर राउण्डसम्म पुगेकी थिईन् ।

त्यसैगरी नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा अहिले पोखराकी सुमन परियार,काठमाण्डौका राजेन्द्र आले, काठमाण्डौँकै सरिता सर्मा,धरानकी हिना मल्ल बराईली , पोखराका विक्रम बराल , झापाकी अस्मिता अधिकारी ,धादिङका कृषल कडेँल, मोरङकी सृजना कार्की , चितवनका मिनराज पौडेल, पोखराकी निलिमा थापामगर, दाङका सम्राट न्यौपाने धनगढीका रवि ओड, मोरङका मिलन परियार, बुटवलका अमित बराल, दोलखाका पवन गिरी, झापाका विस्वास उप्रती, सुर्खेतका सुविन सिंह, र झापाका सुमित पाठक रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*