अनुप दिपनी माध्यमिक विद्यालय कोल्हवीका विद्यार्थीहरुलाई पुरस्कार वितरण

२०७५, २२ भाद्र शुक्रबार ११:३७

अनिल प्रित
कोल्हवी ,२२ भदौ । बाराको कोल्हवी नगरपालिका वडा नं. १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय कोल्हवीमा हिजो बिहीवार एक कार्यक्रमकाबिच ईन्गलिस मिडियमका प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ ।

पुरस्कार पाउने उत्कृष्ठ बिद्यार्थीहरु नरसरि “बि” का प्रथम लक्षमी कुमारी चौधरी , द्धितिय रितीका चौधरी र तृतिय अनिल मुखिया, नरसरि “ए” का प्रथम रितिका चौधरी , द्धितिय दिपीका चौधरी र तृतिय नगीना चौधरी र कक्षा १ का प्रथम ज्योती चौधरी , दितिय तिना चौधरी र तृतिय एलिजा चौधरी लाई पुरस्कार वितरण गरिएको थियो ।

सुरुवात भएको लामो समय भईनसक्दा समेत विद्यालयमा विद्यार्थीहरुको उतसाहजनक सहभागिता रहेका छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय कोल्हवीको प्राध्यापक केवल प्रसाद चौधरी , बिशिष्ठ अतिथि गोबिन्द पैडेल, अतिथीहरुमा मकेश्वर चौधरी , रामप्रकाश चौधरी ,रामशेखर चौधरी सहित अभिभावकहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*