१२ बजेदेखि बढ्दैछ पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल १ सय १२ रुपैयाँ लिटर

२०७५, २० भाद्र बुधबार २२:५९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य फेरि वृद्धि गरेको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको आयल निगमले जनाएको छ । आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टरार्इका अनुसार, निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १२, डिजेल प्रतिलिटर ९८ र खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिन्डर एक हजार ४ सय रुपैयाँ कायम भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*