सक्रिय सदस्यता वितरण गर्न राप्रपा अध्यक्ष थापा हेटौंडा आउने

२०७५, १८ भाद्र सोमबार २०:२५

मकवानपुर १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आज हेटौंडामा आयोजित राप्रपा मकवानपुर जिल्ला,क्षेत्र र नगर कार्यसमितिको संयुक्त बैठक सम्पन्न भएको छ ।

राप्रपा मकवानपुर अध्यक्ष एबं केन्द्रिय सदस्य मधु अधिकारीको अध्यक्षतामा र पार्टीका पुर्ब केन्द्रिय सहायक महामन्त्री राजाराम बर्तौलाको बिशेष उपस्थितिमा बसेको बैठकबाट पार्टीलाई स्थापित गरायरै छाड्ने दृढ़ सड्ढल्पका साथ सकृय सदस्यता बितरण अभियान,संगठन सुदृढीकरण,जनबर्गिय संगठनको परिचालन तथा भाबी कार्ययोजनाका बिषयमा छलफल गरि महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

बैठकले सक्रिय सदस्यता वि तरण अभियानलाई ब्यबस्थित र प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टीको केन्द्रिय निति अन्तर्गत केन्द्रिय सदस्यहरु अनिबार्य रुपमा १५ दिन जिल्ला बस्नुपर्ने ब्यबस्था अनुसार केन्द्रिय अध्यक्ष कमल थापा गृहजिल्ला आउने कार्यक्रमको पनि तयारी गर्ने निर्णय भएको छ ।

अध्यक्ष थापा अर्को हप्ता हेटौंडा आउने र सक्रिय सदस्यता बितरण अभियान शुभारम्भ गर्ने राप्रपा हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । बिरगंजमा सम्पन्न केन्द्रिय परिषद् बैठकबाट पारित निर्णय अनुसार सक्रिय सदस्यता बितरण अभियान शुरु हुने मकवानपुर अध्यक्ष मधु अधिकारीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*