पत्रकार सिंहलाई उपमहानगरपालिकाले गर्यो यस्तो ज्यादती

२०७५, १५ भाद्र शुक्रबार १४:५९

जनकपुरधाम १५ भदौ ।  जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रहरीले पत्रकार राहुलकुमार सिंहमाथि ज्यादती गरेका छन् । भानु चोकका स्थानीयलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरिरहेको अवस्थामा पत्रकार सिंहले त्यसको भिडियो खिचेपछि आक्रोशित नगर प्रहरी ध्रुब मिश्रले रेजा टुडे दैनिकका कार्यकारी सम्पादक सिंहलाई कुटपिट गरेका हुन् ।

पत्रकार सिंहले प्रयोग गरेको मोबाइल समेत नगर प्रहरीले फुटाईदिएको छ । सत्थ्य तत्थ्य समाचार संकलनका लागि तल्लिन पत्रकार सिंहमाथि नै नगरप्रहरीले यस्तो दुव्यवहार गर्नु निकैनै निन्दनिय भएको भन्दै जनकपुरका पत्रकारहरु उपमहानगरपालिका विरुद्ध आक्रोशित बनेका छन् ।

नगरप्रहरीको कुटाईबाट उनको गोडामा गहिरो चोट समेत लागेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*