महेन्द्रनगरको कर्फ्यु हट्यो, जनजीवन सामान्यतर्फ

२०७५, १४ भाद्र बिहीबार २०:१६

गएको शुक्रबार देखि जिल्ला प्रशासनले लगाएको कफ्र्यु आजदेखि हटेको छ । स्थिति नियन्त्रणमा आएपछि कफ्र्यु हटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

६ दिने लामो कफ्र्युको सकसबाट स्थानीय मुक्त भएका छन् । १३ वर्षीय वालिका निर्मला हत्याबारे सत्यसत्य सार्वजनिक गर्न र दोषीलाई कडा कारवाहीको माग गर्दै स्थानीय प्रर्दशनमा उत्रिएका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक युवकको मृत्यु समेत भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*