‘घामपानी’, लगातार युट्युब ट्रेण्डिङमा

२०७५, १० भाद्र आईतवार १६:१७

हेटौँडा, १० भदौ । चर्चित नेपाली कथानक चलचित्र ‘घामपानी’लाई युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्र करिब एक सातासम्म लगातार नम्बर १ ट्रेण्डिङमा समेत पर्न सफल भएको थियो ।

यो समाचार तयार पार्दाको समयमा समेत यो चलचित्र अझै युट्युब ट्रेण्डिङमा ४ नम्बरमा छ । चलचित्रलाई युट्युबमा ३१ लाख २१ हजारभन्दा बढी पटक हेरिएको छ । यस भिडियोमा यो सामाग्री तयार पार्दासम्म ३५ हजार लाईक र ६ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशेष गरी अन्तरजातीय विवाहमा आधारित चलचित्रमा चर्चित नायक दयाहाङ राईले तामाङ समुदायको युवकका रुपमा बुलन्द अभिनय गरेका छन् भने चर्चित नायिका केकी अधिकारीले ब्राम्हण समुदायको छोरीका रुपमा अभिनय गरेकी छिन् । यी दुई बिचको प्रेम नै चलचित्रमा मुख्य रुपमा देखाइएको छ ।

चलचित्रमा दयाहाङ र केकीसँगै अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल लगायतको अभिनय रहेको छ । दिपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका छन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*