मकवानपुर १० भदौ । हिन्दु धर्मालवम्बीहरुको चाड आज जनै पूर्णिमा देशभर मनाईदै छ । आजको दिन पुरुषहरुले जनै लगाउने गर्दछन् । दिदिबहिनीको हातबाट दाजुभाईहरुले रक्षाबन्धन बाध्ने शुभकामना दिने अनि उपहार साटासाट गर्ने क्रियाकलाप पनि आजको दिन गर्छन् । पारीवारीक गुरुलाई आमन्त्रण गर्ने अनि दान गर्ने जस्तो परम्परा समेत गाउँघरमा छ । जनै लगाउँनुको शाष्त्रिय महत्व तथा वैज्ञानिक कारण यस्ता छन्
यज्ञोपवीत जनै आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी,महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरिएकोछ ।
विशिष्ट अभिप्राय,मर्यादा र एक पावन सन्देश छ । यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । ब्रह्मा, विष्णु र महेस्वर सत्व, रज र तम तीनगुण, पृथ्वी९अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।
जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।
जनैका तीन दण्ड डोरा, सूत्रले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ । एक ज्योतिसले जानकारी दिएका छन् ।