हाम्रो माया प्रेमलाई पनि कर लगाएको छ

२०७५, ७ भाद्र बिहीबार ११:४०

संबिधान बन्यो तर विकास कहिले हुन्छ?
यो समृद्धि नेपालको,आभास कहिले हुन्छ?

राष्ट्रपति,प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न,
यो बेरोजगार मुक्त देश,खास कहिले हुन्छ?

हाम्रो माया प्रेमलाई पनि कर लगाएको छ,
हो,हामी ढुक्कले जिउने,सास कहिले हुन्छ?

मलाई प्रहरीले बलात्कार गर्यो प्रियाले भनी
राजा यो देशमा यिनको,नास कहिले हुन्छ?

विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारको,
व्यवस्था भई उचित,बसोबास कहिले हुन्छ?

-राजकुमार ग्याबा तामाङ
मकवानपुर,मनहरी-४


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*