भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

२०७५, ३१ श्रावण बिहीबार १८:१९

एजेन्सी, ३१ साउन । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज निधन भएको छ । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान (एम्स) ले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको ९३ वर्षका वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएको छ ।

एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम (जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए । गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए । त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*