आजदेखि हेटौँडामा नो पार्किङको क्षेत्र बढ्यो, कान्तिलोकपथमा पनि ‘नो पार्किङ’ सुरु

२०७५, ३१ श्रावण बिहीबार १३:४७

हेटौँडा, ३१ साउन । मकवानपुरको हेटौँडा बजार अन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथसहित स्कूलरोड लगायतका भित्री क्षेत्रमा मात्र सिमित ‘नो पार्किङ’ को क्षेत्र आजबाट थप विस्तार भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका अनुसार आजबाट हेटौंडा बजार क्षेत्रमा पर्ने कान्तिलोकपथमा पनि नो पार्किङ लागू भएको छ ।

पूर्व घोषित योजना अनुरुप नै कान्तिलोक पथको बुद्धचोकबाट ओम भवनसम्मको चोकलाई नो पार्किङ कायम गरिएको मेयर महतले जानकारी दिए । उक्त क्षेत्रका सवारीसाधन ओमभवन चोक भन्दा तल तथा पारिजात पथमा पािर्कङ गर्नुपर्ने भएको छ । नो पार्किङ लागु गर्नका लागि बिहानदेखि नै जनपथ र ट्राफिक प्रहरी खटाइएको थियो । यससँगै हेटौंडाको राप्तीरोड, चौकी टोलको ओरालोदेखि वनविज्ञान अध्ययनसम्म, स्कुल रोड र कान्तिलोकपथमा नो पार्किङ कायम भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...