फिल्म सुटिङ गर्न दैनिक एक हजार कर, घाटा लागेको व्यवसाय बन्द गर्न पनि १० हजार कर

२०७५, ३१ श्रावण बिहीबार १२:१५

तनहुँ, ३१ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो सुटिङ गर्नेलाई दिनको एक हजार रुपैयाँ कर तोकेको छ । बजार क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरे पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । प्याराग्लाइडिङ उडाएको एक हजार कर तोकेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...