मकवानपुरमा अखाद्य वस्तुको व्यापार मौलाउँदै

२०७५ श्रावण ३०,बुधबार १३:४४
File Photo

जी. न्यौपाने/ चाडपर्व नजिकिँदै गर्दा चिल्ला र राम्रा फलफुल, तरकारी, मिठाईहरु बजारभरि बिक्रीको लागि सजाएर राखेको देखिन्छन् । किन्नेहरुको पनि त्यत्तिकै भिड हुन्छ र पसलेहरुलाई पनि भ्याईनभ्याई हुन्छ । यो चाडपर्वको बेलामा यसै भिडमा राम्रो आमदानी गर्ने उदेश्यले फुटपाथको पसलहरु पनि संचालनमा आउने गरेका छन् । चारैतिर मानिसहरुको भिडलाई मात्र लक्षित गरी संचालनमा ल्याइने यस्ता सस्ता पसलहरुले सस्तो दाममा दिने गरेको खाद्य वस्तुहरुमा धेरै चोटी अखाद्य वस्तुहरु पनि पाइएको छ । स्थानीय सरकार र सम्वन्धित निकायहरुले पनि अनुगमन गरिरहेका हुन्छन् बेला–बेलामा । खुशीको बेला घरमा आफन्तहरुको जमघट गरेर मिठोमसिनो खाउँ, राम्रो लगाउँ, घुम्न जाउँ, रमाईलो गरौँ भन्ने मनसायले ऋणपान गरेर पनि चाडपर्व मनाउनुपर्छ भन्नेहरु थुप्रै छन् ।

चाडपर्वको बेलामा सबैसँग थोरैबहुत भए पनि आ–आप्mनो गक्ष अनुसारको पैसा बोकेका हुन्छन् सबैले । बजार जानुपर्यो, किनमेल गर्नुपर्यो भनेर गाउँठाउँदेखि मानिसहरु बजार आउँछन् । बजारमा सजाएर राखेको मिठाई, फलफुल, तरकारी र अन्य खानेकुराहरुले किनमेल गर्न आउने मानिसहरुको मन लोभ्याउनु स्वभाविकै हो । तर यस्ता भिडमा फलफुल, मिठाई तरकारीहरु किन्दा कसरी होस् पुराउनुपर्छ भनेर उपभोक्ताहरुलाई थाहा नभएरै उनीहरु खाद्य वस्तुको नाममा विभिन्न शरिरलाई हानी गर्ने रङ मिसाइएको मिठाई, सुई हालेको तरकारी, कार्पेटले पकाइएको केरा, आँप खरिद गरीरहेका हुन्छन् । यहाँसम्म कि खशीको मासु भनेर बाख्राको मासु, मरेको कुखुरा, भैँसीराँगोको मासु, बुङ्गुर–सुङ्गुरको मासु (जो मासुको लागि मात्र प्रयोग गर्ने गरिएको छ) खरिद गरिरहेका हुन्छन् । र विभिन्न प्रकारको स्वास्थ्य समस्यामा परिरहेका छन् ।

यो बेलामा व्यापक अनुगमनको खाँचो पर्छ । यही बेला कालो बजारीहरुले आप्mनो व्यवसायलाई बढाएर उपभोक्ताहरुको स्वास्थ्यसँग खेलवाड गरीरहेका हुन्छन् । उपभोक्ता हकहित संरक्षण मञ्चले विशेष प्रकारले ध्यान दिनुपर्छ । यो बेलामा बजारमा खाद्य वस्तुको नाममा धेरै अखाद्य वस्तुहरु बिक्री हुन थालेका कुराहरु संचार माध्यमहरुबाट बाहिर आइरहँदा पनि नियमित गर्नुपर्ने अनुगमन र निगरानीमा कमि आएको छ । निगरानीका लागि विशेष रुपले टोली नै खटाउनुपर्ने देखिन्छ । गाउँगाउँमा गएर सञ्चार माध्यमहरुको सहयोग लिएर जनचेतना जगाउनुपर्ने सबैमा तर त्यस्ता कार्यहरु पनि भइरहेको पाईदैन । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर जनचेतनामुलक कार्यक्रमहरु व्यापक ल्याउनुपर्ने देखिन्छ, ताकी सबैले खाद्य वस्तु र अखाद्य वस्तुमा फरक पाउन र स्वस्थ रहीरहन सबैले सकुन् । सम्बन्धित निकाय चनाखो हुनुपर्ने अवस्था देखिन्छ ।
–कुनेढुङ्गो साप्ताहिकबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*