तामाङ समाज जापान किताकान्तोको सामुहिक गर्मी बिदा कार्यक्रममा प्रवासीहरुको जमघट

२०७५, २८ श्रावण सोमबार १७:५४

जापान, २८ साउन । तामाङ समाज जापान किताकान्तो शाखाको आयोजनामा यही अगस्ट १२ तारिखका दिन (BBQ) बाबे क्यू कार्यक्रम तोचिकी केनको सानोमा सम्पन्न भएको छ । कार्यक्रममा जापानको किताकान्तो क्षेत्रमा पर्ने गुन्माकेन, इबरागी, तोचुकी लगायतका क्षेत्रहरुमा बस्ने नेपालीहरुको उपस्थिति रहेको थियो ।

६१जनाको सहभगिता रहेको कार्यक्रममा जापान, श्रीलंका लगायतका देशका व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम सॉझ ५ बजे सम्पन्न भएको थियो । उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै आफ्नो देशप्रति चिन्तित रहँदै कार्यक्रमबाट उठेको सम्पुर्ण रकम लिभरले काम गर्न छोडेको अवस्थामा आर्थिक अवस्था कमजोर भई उपचार गराउन समेत समस्यामा रहेका काभ्रे निवासी पिडीत परिवारलाई स्वास्थ्य उपचारकोलागि सहयोग गर्ने समाजका अध्यक्ष कुलमान लामाले घोषणा गरेका छन् ।

कार्यक्रममा पुर्व सचिव तथा केन्द्रिय उपाध्यक्ष सरोज तामाङको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तामाङले सम्पुर्ण किताकान्तो परिवारलाई बधाई तथा शुभकामन दिँदै समाजप्रति सबै मिलेर काम गर्नुपर्ने कुरामा जोड दिए । समाजका खाली रहेको पदपूर्ति, नव निर्वाचित उपाध्यक्ष, सचिव र सहकोषाध्यक्ष क्रमशः कुमार तामाङ,आदर्श थोकर र बाटुलो रुम्बालाई खादा ग्रहण गरी कार्यकाल सफलताको शुभकामना दिइएको थियो ।

समाजले भैपरी आउने प्राकृतिक प्रकोप पिडित तथा सामाजमा भएका आर्थिक बिपन्न परिवार तथा आर्थिक कमजोरीका कारण स्वास्थ्य उपचार गर्न नपाएकाहरुको लागी सहयोग गर्दै आएको समाजका सचिव आदर्श थोकरले बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*