गणतन्त्र नेपालमा जे गर्न पनि छुट छ

२०७५ श्रावण २८,सोमबार १७:२२

जनकमान डंगोल
राष्ट्र निर्माता पृथ्बी नारायण शाहले एकीकरण गरेको देस नेपालमा केहि बर्ष अगाडी सम्म ५ बिकास क्षेत्र, १४ अन्चल र ७५ जिल्ला कायम थियो । यिनै मध्येमा बर्षको १ चोटि पन्च भेलाको नाउँमा दर्बार बाट लावालस्करको साथ श्री ५ महाराजाधिराज निस्की बक्सिन्थ्यो । श्री ५ को पछी बडा महारानी अनि अरु दरबारियाको साथ साथै उपल्लो दर्जाको रास्ट्रसेवकहरु हुन्थे । लालभाकाको गीतमा लेखिए जस्तै गरि गाउँ गाउँ बाट, बस्ति बस्ति बाट उठ जाग अनि महाराजाधिराजको दर्शन गर्न हिंड भन्दै पन्चले भेडा बाख्राको जस्तै गरि हुल ल्याएर जय जय गर्न लाउथे । त्यो देखेर राजा पनि मक्ख राजा मक्ख भएसी पन्चको के बयान गर्नु । ५ बर्षमा आउने पालो अनि एक दिन जिल्लाको सदरमुकाममा गएर जिन्दाबाद भन्दा प्रजाको पनि के चैँ बिबिग्रन्थ्यो र । घोक्रो फुट्ने गरि जिन्दाबाद कि जिन्दाबादको नारा लगाई दिन्थे । त्यतिखेर मुर्दाबाद भन्नु अपराध थियो । अपराध गर्ने हिम्मत जनताले गर्दैन थिए । न जनताले मुर्दाबाद भन्थे न मुर्दाबाद भनेको पन्चले सुन्न सक्थे ।

हिजो पन्चेको पालामा जनताले रासन पानि दिन सक्दैन थिए । रासन पानी दिन नसक्ने भए पछी भए पछी भाषण पनि दिन पर्दैनथ्यो । जब भाषणनै दिन नपर्ने भए पछी किन चाहियो कार्यकर्ता । पन्चको लागि कार्यकर्ता भने पनि जे भने पनि तिनै गामका जनता नै थिए । ठुला पन्च अर्थात माहापन्च खुसि पार्न भनेर एउटा कलमेले “सबै पन्च नेपाली अनि सबै नेपाली पन्च” भन्ने घागडानको नारानै लेखेका थिए ।

१७ साले कालो बायुले भेटेर हाड र छाला मात्र भै सकेको हरु देसमा टिक्न सकेनन हैन कि आफैले आफैलाई निकालाबास गरेर पारि आफ्नै भएको ठाउँमा बस्न गएका थिए । जसलाई छिमेकीको भाषा ‘तडीपार’ भनेर भन्ने गरिन्छ । त्यो समयमा भाग्यले ठगेको ‘तडीपारे’ लाइ पन्चहरुले सौताको जस्तै ब्यबहार गर्थे । घरा भाको जोइ लाइ सौता मन नपरे जस्तै पन्चलाइ ‘तडीपारे’ नामका कांग्रेस, कम्युनिस्ट मन नपर्ने । सौता लाग्न आउलान भन्ने डर भएर होला त्यै भर ‘अ.त’ (अरास्ट्रिय तत्व) भनेर न्वारान नै गरि देका थिए तर बबुरो प्रजा लाइ यो अर्थको परिभाषा नै थाहा थिएन । मन नपरेको मान्छे छ भने मज्जाले ‘अ.त’ भन्देसी अ.त को पदवी पाउनेले पुरस्कार भनेको झ्यालखानाको बास थियो ।

३६ साल बाट चम्केका तिनै ‘अ.त’ का हुलहरु ४५ सालमा एक जुट भएर आए । समय समयको खेल हो । आन्दोलन गरेर हिजोका आफ्नो जानी दुस्मन पन्चलाइ खेदेर अलकापुरीको राजमा पुगे । त्यसपछि सुरु भो नेपालको नया इतिहास । आन्दोलन कसरि गर्ने, भाषण कसरि गर्ने, परि आएको खण्डमा सरकारी/निजि सम्पति कसरि तोडफोड गर्ने यी यावत कुराहरुमा तालिम दिन सुरु गरियो । यिनै तालिमको प्रतापले आज Light of Asia भनेर संसारले चिनेको बुद्धको देस नेपाल बिस्वमा पुछारबाट एक नम्बरमा पुगेको छ ।

नयाँ नेपालमा पद र दस्तुर माफीक कामको पनि भागबण्डा छ । रामराज्य बनाई दिन्छु भनेर आफुलाई रामको कोटिमा उभ्याउने नेताको काम भाषण दिने हो भने तिनका हनुमानरुपी कार्यकर्ताहरुको काम तालि दिने, गालि दिने अझ मन नपरेको छन भने सफाया सम्म गरि दिने हो । उदाहरणको लागि मालेको झापा काण्ड देखि माओबादीको १२ बर्षे जनयुद्धनै काफी छैन र ।

यस्तै काम गर्नको लागी उर्जा चाहिन्छ । घामको उर्जा, वायुको उर्जा र कुलेखानीको पानीको उर्जाले भुँडी भरिन्न । न त सिम भन्ज्यांग बाट महाबिर देखि बाघमारा हुँदै आएको ठण्डा बायुले नै भुडी भरिन्छ । उर्जाको लागि चाहिने रासन हो त्यो दिने काम २०४६ साल पछी जनताको भागमा परेको छदैछ । जसको लागि दैनिक रुपमा हज्जारौको संख्यामा बीर गोर्खालीहरु ठुलो बायुपंखे घोडा चढेर सात समुन्द्र पारि पुगेका छन अर्थात मुग्लान भासिन पुगेका छन ।

नेताहरुले दिएको तालिमको प्रतापले होला हिजो आज पार्टीका नेताहरुले उत्पादन गरेको तालिमेले तालिम प्रशिक्षणको दौरान आफ्ना लाइ नै गाडी भित्र थुनेर पेट्रोल छर्केर अग्निदाह सम्मको काम गर्न पछी हटेका छैनन । तालिमकै अबधिमा त यस्तो हाल छ भने दिक्षान्त पछी आउने दिनहरुमा झन अरु के के उपद्रो गर्दा हुन । नया नेपाल बनाउछम भन्थे । नया नेपालको परिभाषा भनेको यस्तो पो त हुँदो रैछ ।

बन्द गर्न पाइन्छ । भत्काउन पाइन्छ । जलाउन पाइन्छ तर बनाउन चैँ पाइदैन किन भने नयाँ नेपाल हो र नयाँ नेपाल बनाउने छुट कसैलाई पनि छैन । देस बनाउने काम नेताको हैन, तिनका कार्यकर्ताको पनि हैन न त जनताको नै हो ।

२०४६ साल पछी बुद्ध, पसुपतिनाथ देखि सिता मैयाको देस लाइ देस जस्तै बनाइ दिन्छ्म भनेर बिदेसीले टेन्डर पारेका छन । देस बन्ला नबन्ला त्यो आफ्नो ठाउँमा छ तर १७ साले कालो बायुले भेटेर हाड र छाला मात्र भै सकेकोहरु फर्केर आएको दिन देखि आजको मिति सम्म के के भए कसो कसो भए त्यो बयान गर्नु जरुरि ठानिएन । किनभने सबैले देखेको र भोगेको कुरालाई खाँटी भाकामा डाम्ने यो पंक्तिकारले कोट्याएर के फाइदा ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*