‘ए सरकार’ को म्युजिक भिडियो भीमफेदी गाइजद्वारा सार्वजनिक (भिडियो सहित)

२०७५, २७ श्रावण आईतवार १८:११
Featured Video Play Icon

हेटौँडा, २७ साउन । पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर भीमफेदी गाइजले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पन प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा भीमफेदी गाइजको अभिनय रहेको र निर्मल लामाको निर्देशन छ । भिडियोलाई पवन सुस्लिङले खिँचेका हुन् ।

बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको छ । हेर्नुहोस् भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*