नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत

२०७५ श्रावण २७,आईतवार १३:३१

मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ ।

मउवा संघले व्यवसायीलाई आर्थिक समृद्धीतर्फ डोर्याउन लाग्नुपर्ने अवस्थामा उल्टो व्यवसायीकै चावी खोसेर नगरपालिकामा बुझाउनु भन्दा छलफलबाट समस्याको समाधान गर्नुपर्छ । उनले भने ।

तु खबरसंग कुरा गर्दै उनले भने “नगरपालिका र प्रशासनले ‘नो पार्किङ’को विषयमा गरेको निर्णयबाट व्यसायीलाई  असर परेको  छ ।

तर व्यवसायीलाई असर परेको छ भन्दैमा मउवा संघले व्यवसायीलाई नै पसल बन्द गराएर आन्दोलन गर्न लगाउनु चै व्यवसायीक हितको विषय होईन । बरु स्थानीय निकाय र प्रशासन संगको छलफलबाट समस्या समाधान गर्नुपर्छ ।

त्यसमा नगरपालिका पनि लचिलो हुनुपर्छ, अनि मउवा संघ र व्यवसायी पनि ।छलफलनै राम्रो विकल्प हो ।”

स्थानीय निकाय प्रशासन र अन्य संस्थासंग सहकार्य र सहमति अनुसार व्यवसायीक हित र प्रर्वद्धनमा लाग्नुपर्ने मउवा संघ हाल स्थानीय निकाय र प्रशासन संगनै पानी बाराबारको अवस्थामा हुनु र व्यवसायीलाई नै मर्का पर्नेगरी आन्दोलन गर्नुले मउवा संघको नेतृत्व कमजोर भएको पुष्टी हुने उनले बताए ।

उनले भने नगरपालिकाले भनेकै जस्तो सवारी २ किलोमिटर पर राखेर पसलसम्म सामान किन्न जाने अभ्यास सर्वसाधारणमा सुरु भईसकेको छैन । त्यसकारण निर्णय विस्तारै लागु गर्नुपर्छ । जसबाट सहर सुन्दर र व्यवस्थीत रुपमा स्थापित पनि हुन्छ र व्यवसायीपनि मर्कामा नपर्ने उनको भनाई छ ।

सबैको सल्लाह, सुझाव र व्यवसायी संगको छलफलपछि मात्रै मउवा संगले निर्णय गरेर काम गर्दा सबैलाई फाईदा पुग्ने उनको भनाई छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*