युवाहरुको क्षमता अभिवृद्धिका लागि हेटौँडामा ५ दिने तालिम सम्पन्न

२०७५, २५ श्रावण शुक्रबार १९:२३

हेटौँडा, २५ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर हेटौँडामा युवाहरुका लागि ५ दिने सहजकर्ता सहजीकरण तालिम सम्पन्न भएको छ । बाल कल्याण समाज मकवानपुरको आयोजना तथा प्लान इन्टर नेशनलको सहयोगमा ‘जीवन उद्यमशिल बनाऔँ’ भन्ने नारा सहित ‘आर्थिक संलग्नताका लागि युवाहरुको क्षमता अभिवृद्धि सहजकर्ता सहजीकरण’ तालिम प्रदान गरिएको हो ।

साउन २१ गतेदेखि शुक्रबारसम्म संचालित कार्यक्रममा पर्वत, सुनसरी, मकवानपुर र रौतहटका १७ जना युवाहरु सहभागी थिए । युवाहरुलाई वैदेशिक रोजगारभन्दा सम्भावित व्यवसाय गरी आत्मनिर्भर तुल्याउने, के व्यवसाय कहाँ र कसरी गर्न सकिन्छ भन्ने बारे सृजनशिलताको विकास गर्ने, व्यवसाय गर्दा आगामी सोच, बजारको जानकारी, निर्णय लिनु , व्यवसाय गर्दा बुद्धिमत्तापूर्ण तरिकाले पूँजी लगानी गर्ने तरिका तथा युवालाई आफु सुहाउँदो व्यवसाय छनौट गर्न उत्प्रेरणा र सफलता दिलाउने तरिकाहरु सिकाउने उदेश्यका साथ तालिम प्रदान गरिएको आयोजकले बताएको छ ।

समापन कार्यक्रम बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको अध्यक्षता तथा प्लान केन्द्रीय कार्यालय गल्र्स् एजेन्सी, डिपार्टमेन्ट हेड हेमराज पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा तालिमका प्रशिक्षकद्वय करुण सागर सुवेदी र विमला खनाल तथा प्लान प्रतिनिधि दानबहादुर थापा, कुश थापा, चन्दा प्रधान, राम खत्री, विवेकचन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक खतिवडाले तालिम युवा लक्षित भएकाले ज्यादै उपलब्धी मुलक भएको बताए । युवालाई अब आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने मननगराउने अवधारणाले तालिम सञ्चालन गरिएको भन्दै उनले युवा महिला बेचबिखनमा समेत कमि आउने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्लानका पौडेलले प्लानले युवा महिलालाई शशक्तिकरण गर्दै स्वरोजगार सिर्जना गर्ने लक्ष्य अनुरुप तालिम संचालन गरेको बताए । कार्यक्रममा सहभागीको तर्फबाट मेनुका लामा र शंकर परियारले मन्तव्य राखेका थिए । कार्यक्रम बाल कल्याण समाजका खोमराज श्रेष्ठले संचालन गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...