पर्साका बद्री महतोको घरमा आगलागी हुँदा लाखौंको क्षति

२०७५, २५ श्रावण शुक्रबार १९:१८
फाइल फोटो

पर्सा २५ साउन । बीरगंज महानगरपालिकाको एक घरमा आगलागी भएको छ । वडा नम्बर २८ बगही निवासी बद्री महतोको घरमा लामखुट्टे धपाउन बालेको आगोबाट शुक्रबार आगलागी हुँदा घर तथा घरसँगै जोडिएको गोठ जलेर करीव ४ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको हो । आगलागीमा परी १ भैंसी, २ बाख्रा र २ खसीको समेत मरेका छन् ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी प्रहरीले नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यलय नक्सालले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...