राजधानीको बिच सडकबाटै स्कुटर चोरी

२०७५, २५ श्रावण शुक्रबार १९:०६

काठमाडौं २५ साउन । काठमाडौं महानगरपालिका २८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि स्कुटर र स्कुटरको डिकिभित्र रहेको नगद समेत चोरी भएको छ ।

सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा ५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

फरार चोरहरुको खोजतलास गर्नुको साथै घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...