बाँधको पानीमा डुबेर एक जनाको मृत्यु

२०७५, २५ श्रावण शुक्रबार १८:५२

काठमाडौं २५ साउन । कपिलवस्तु माँयादेवी गाउँपालिका ६ बरसुरुवा बस्ने १८ वर्षीय ईन्साफ अली बढईको बिहीबार पानीमा डुबेर मृत्यु भएको छ । घरदेखि १ कि मि पूर्वमा रहेको सिसई नदीको फाँटमा बाँध खसेर डुव्दा असक्त भएकोले आफन्तले उद्धार गरी घरमा लैजादाँ मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

धनुषा बिदेह नगरपालिका ६ तिनकोरीया चोक बस्ने ईन्दल दासको ६ वर्षीय छोरा अभिषेक दासको बिहीबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएकोले उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...